दफा २३
दण्ड सजाय
(१) राजस्व चुहावटको कसूर गर्ने
व्यक्तिबाट बिगो असुल वा जफत गरी त्यस्तो
व्यक्तिलाई बिगोको शत प्रतिशत जरिबाना तथा
कसूरको मात्रा अनुसार देहाय बमोजिमको कैद
हुनेछ :-
(क) एक करोड रुपैयाँसम्मको बिगोमा एक महिनादेखि छ महिनासम्म कैद,
(ख) एक करोड रुपैयाँदेखि: पाँच करोड रुपैयाँसम्मको बिगोमा छ महिनादेखि एक वर्षसम्म केद,
(ग) पाँच करोड रुपैयाँदेखि दश करोड रुपैयाँसम्मको बिगोमा एक वर्षदेखि तीन वर्षसम्म कैद,
(घ) दश करोड रुपैयाँदेखि माथि जतिसुकै: बिगो भए पनि तीन वर्षदेखि पाँच वर्षसम्म कैद ।
(२) उपदफा (१) को प्रयोजनको लागि बिगो कायम गर्नु पर्ने वस्तु तथा सेवा बिक्री भइसकेको वा फेला नपरेको अवस्थामा त्यस्तो वस्तु तथा सेवाको बिगो बराबरको रकम असुल गरिनेछ।
(३) यस ऐनमा उल्लेख भए बमोजिमको राजस्व चुहावटको कसूरको मतियारलाई मुख्य अभियुक्तलाई हुने सजायको आधा सजाय हुनेछ।
(४) उपदफा (१) बमोजिम बुझाउनु पर्ने राजस्व रकममा राजस्व सम्बन्धी प्रचलित कानूनमा उल्लेख भए बमोजिमको ब्याज समेत लाग्नेछ।
(५) कुनै फर्म, कम्पनी “वा सङ्गठित संस्था वा निकायले यस ऐन बमोजिम -कसूर मानिने कुनै काम गरेमा त्यस्तो फर्म वा निकायको हकमा त्यस्तो काम गर्दाको बखत संलग्न हिस्सेदारहरू र कम्पनी व्रा सङ्गठित संस्थाको हकमा कम्पनी वा त्यस्तो संस्थाको मुख्य भई काम गर्ने अधिकारीले त्यस्तो कसूर गरेको मानिनेछ।
तर मुख्य भई कामकाज गर्ने अधिकारी नियुक्ति हुनुभन्दा अगाडि नै त्यस्तो काम भए गरेको प्रमाणित भएमा जसले त्यस्तो काम गरेको हो सोही व्यक्तिले कसूर गरेको मानिनेछ ।
स्पष्टीकरणः यस दफाको प्रयोजनको लागी "मुख्य. भई कामकाज गर्ने अधिकारी" भन्नाले कम्पनी वा सङ्गठित संस्थाको अध्यक्ष, सञ्चालक समितिका सदस्य, महाप्रबन्धक वा सोही हैसियतमा कामकाज गर्ने पदाधिकारी सम्झनु पर्छ।